About Institution

दिक्तेल बहुमुखी क्याम्पस खोटाङ जिल्लाको सबैभन्दा जेठो र धेरै कार्यक्रम सञ्चालन गर्ने मुनाफा रहीत सामुदायिक क्याम्पस हो । यो नेपालको प्रदेश नं. १ सगरमाथा अञ्चल अन्तर्गत पर्ने ६ जिल्लाहरु मध्ये एक पहाडी जिल्ला खोटाङको सदरमुकाम दिक्तेल अवस्थित दिक्तेल मझुवागढी नगरपालिका वडा नं. २ मा पर्दछ । त्रिभुवन विश्वविद्यालयबाट वि.सं. २०३७ सालमा सम्बन्धन प्राप्त गरि सञ्चालनमा आएको यस क्याम्पसले मानविकी तथा सामाजिक शास्त्र संकाय अन्र्तगत प्रविणता प्रमाण पत्र तह (आई.ए.) को कक्षा सञ्चालन गर्ने अनुमति पाएको थियो । सुरुवाति दिनमा दिक्तेल बजार स्थित सरस्वती मा.वि. को भवनबाट आफ्नो यात्रा सुरु गरेको यस क्याम्पसले दिक्तेल बजार देखि १५ मिनेटको दूरिमा क्रमशः आफ्नो नाम्मा ३५–१–२–३ रोपनी जग्गा जोहो गरि सो जग्गामा भूकम्प ब्लक, एकतले कक्षा कोठा भवन/ ब्लक, छात्रावास, प्रशासनिक ब्लक, २ तले पक्की १ सहित १८ वटा भवनहरु छन् भने हालको विद्यार्थी संख्यालाई धान्ने उपयुक्त नभए पनि पर्याप्त कक्षा कोठा र फर्निचर रहेका छन् । आज यस क्याम्पसले निम्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छः

क्र.सं.

तह

संकाय

मूल विषय

स्वीकृत मिति

कैफियत

कैफियत

प्रमाण पत्र

मानविकी तथा सामाजिक शास्त्र

नेपाली, राजनीतिशास्त्र, अर्थशास्त्र, भूगोल

२०३७

२०४२ मा इतिहास र संस्कृति थप (हाल फेज आउट)

 

स्नातक (बी.ए.)

मानविकी तथा सामाजिक शास्त्र

नेपाली, राजनीतिशास्त्र, अर्थशास्त्र, इतिहास, संस्कृति

२०४२

२०६९ मा अंग्रेजी र समाजशास्त्र तथा २०७४ मा सामाजिक कार्य

 

प्रमाण पत्र

व्यवस्थापन

सबै अनिवार्य

२०४७

हाल फेज आउट

 

स्नातक (बी.एड)

शिक्षा शास्त्र

अंग्रेजी, नेपाली र गणित

२०५२

२०६९ मा जनसंख्या (हाल ४ वर्षे)

 

१ वर्षे बी.एड.

शिक्षा शास्त्र

अंग्रेजी र नेपाली

२०५२

 

 

स्नातक (वि.वि.एस)

व्वस्थापन शास्त्र

सबै अनिवार्य

२०६२

 

 

स्नातकोत्तर (एम.ए.)

मानविकी तथा सामाजिक शास्त्र

नेपाली

२०७१

 

 

स्नातकोत्तर (एम.ए.)

मानविकी तथा सामाजिक शास्त्र

समाजशास्त्र

२०७४

 

 

स्नातकोत्तर (एम.एड)

 शिक्षा शास्त्र स‌ंकाय

 नेपाली र EPM

२०७५

 

 

 

[magicscroll id=”2″]