Message from Chairman

छिमेकी जिल्ला सोलुखुम्वु, ओखलढुंगा, उदयपुर र भोजपुरसँग खोटाङको सिमाना जोडिएका केही क्षेत्रहरुले समेत उच्च शिक्षा हासिल गर्न पाउने गरी २०३७ सालमा दुर्गम क्षेत्रको जिल्ला खोटाङको सदरमुकाम दिक्तेलमा स्थापित दिक्तेल बहुमुखी क्याम्पसले थुप्रै उकाली, ओराली चढ्दै हाल ४ वटा विषयमा स्नातकोत्तर तह अध्यापन गराईरहेको छ । यस क्याम्पसमा शिक्षा शास्त्र, व्यवस्थापन र मानविकी तथा सामाजिक संकाय स्नातकोत्तर तहसम्म सफलताकासाथ संचालन रहेको छन् । आगामी दिनहरुमा शिक्षा स्तर अभिवृद्धि गर्न क्याम्पस गम्भिर देखिन्छ । यस क्षेत्रका शिक्षक, अभिवाभाव, विद्यार्थी सम्पूर्ण सरोकारवालाहरुको माग, सुझाव र उत्साहलाई सम्बोधन गर्न शैक्षिक कार्यक्रम, अन्य क्रियाकलापमा विविधिकरण, प्रभावकारितालाई मध्यनगरा गर्दै क्याम्पसलाई नमूना क्याम्पसको रुपमा विकासगर्न संचालक समिति क्रियाशिल रहेको छ । आवश्यक पर्ने भौतिक पूर्वाधार शैक्षिक कार्यक्रमहरुको सम्भाव्यता अध्ययन भइरहेको छ । पठन पाठनमा गुणात्मक विकासका लागि निरन्तर लागिरहेको छ । विश्व विद्यालय अनुदान आयोगले पनि क्याम्पसको चौतर्फी विकासमा सहयोग पु¥याईरहेको छ भने  QAA प्राप्त गर्ने प्रकृयामा क्याम्पस तिव्र गतिमा अघि बढिरहेको छ ।
अन्त्यमा, यस क्याम्पसको गुणात्मक शिक्षा संचालनमा प्रेरणा एवं सहयोग प्रदान गर्नुहुने अभिभावक, त्रिभुवन विश्वविद्यालय, विश्वविद्यालय अनुदान आयोग, प्राध्यापक, कर्मचारी, विद्यार्थी तथा अन्य क्षेत्रहरु प्रति संचालक समितिको तर्फबाट हार्दिक आभार प्रकट गर्दै यसको निरन्तर विकास र उन्नतीको लागि अहोरात्र लाग्ने प्रतिवद्धता व्यक्त गर्दछु ।